अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १३ : २३
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ  ।  अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। उनलाई एन्टीभाइरल औषधि दिइएको छ। 

७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उनले आफ्नो सबै काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। बाइडेन पत्नी जिल बाइडेनको पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस