मौद्रिक नीति राष्ट्र बैंक सञ्चालक समितिबाट पारित, अपराह्न ४ बजे सार्वजनिक गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १२ : ३२
मौद्रिक नीति राष्ट्र बैंक सञ्चालक समितिबाट पारित, अपराह्न ४ बजे सार्वजनिक गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति पारित गरिसकेको छ ।​

अब अपराह्न ४ बजेपछि लाइभमार्फत मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । यस वर्षको मौद्रिक नीति केही कठोर हुने गभर्नर महाप्रसाद अधिकारीले नै बताउँदै आएका थिए ।

यसपालि राष्ट्र बैंकले बढ्दो महँगी नियन्त्रणका लागि र आयातमा कडाइ गर्नका लागि भए पनि बैंकको ब्याजदर बढाउनुपर्नेमा जोड दिने देखिएको छ । साथै कारोना महामारीको समयमा दिइएका सुविधाहरु समेत कटौती र परिमार्जन गरिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस