इन्डोनेसियामा विमानको आकस्मिक अवतरण गरेपछि चालक मृत्यु

एजेन्सी

शुक्रबार, ०६ साउन २०७९, १२ : २५
इन्डोनेसियामा विमानको आकस्मिक अवतरण गरेपछि चालक मृत्यु

काठमाडौं । इन्डोनेसियामा एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको थियो । उडान क्रममा चालकको स्वास्थ्यमा समस्या आएको बताएपछि विमान सुराबायाको जुआन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो । उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो । उपचारका क्रममा त्यहाँ निधन भएको छ । उनको के कारणले निधन भएको भन्नेबारे अस्पतालले तत्काल कुनै प्रतिक्रिया दिइसकेको छैन ।

विमानमा भएका सय जना यात्रु सबै सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस