काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै गृह मन्त्री बालकुष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद भवनको इन्टरनेट बिग्रिएपछि प्रतिनिधि सभा बैठकको लाइभ प्रभावित
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सबै सांसद उठे
भोलि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ