संसद भवनको इन्टरनेट बिग्रिएपछि प्रतिनिधि सभा बैठकको लाइभ प्रभावित

सफल खबर संवाददाता

विहीबार, १८ असार २०८३, १३ : ३०
संसद भवनको इन्टरनेट बिग्रिएपछि प्रतिनिधि सभा बैठकको लाइभ प्रभावित

काठमाडौँ । प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध भएको छ। इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध रहेको संघीय संसद सचिवालयले जनाएको छ । मर्मत कार्य भइरहेकाले चाँडै प्रत्यक्ष प्रसारण सञ्चालन हुने बताइएको छ ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची छ।