पोखरा । पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ। बुधबार राति पोखरा महानगरपालिका–२६ अर्घौचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जानकारी दिएको छ।
घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेको छैन। प्रहरीका अनुसार चोरले मेसिन फोरेर नगद लिएपछि पैसा राखिएको बाकस भने अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो।
यसअघि गत असार ३१ गते राति पनि पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटनाको दुई दिनपछि पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी