काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले चियालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन्। उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे।
सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए। उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको बताए।
उनले तत्काल चियाका अक्सन सेन्टर खोल्नुपर्ने बताए। सांसद खनालले सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए। उनले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए।
उनले भने, ‘इलाममा चिया उत्पादन विस्तार हुँदै गएको छ, देशमा पनि चिया फैलिँदै गएको छ, त्योतिर सरकारले बिल्कुलै बेवास्ता गरिरहेको छ। यस वर्षको नीति, कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यसमा जाला कि भन्ने अपेक्षा गरेको थिएँ। तर प्रधानमन्त्रीले अघि सारेको नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो तर चियाको बारेमा कतै उच्चारण हुन सकेन।’
खनालले सकरार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए। उनले आर्थिक संकटतर्फ देश गइरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले इलाममा चियाको संग्रहालय बनाउन पनि माग गरे। उनले चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल