स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, ११ : २६
स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु

काठमाडौँ  ।  अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् । 

पछिल्लो दिनमा स्पेनमा अत्यधिक गर्मी  रेकर्ड गरिएको छ । ‘ताप लहरका कारण १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।’ 

पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस