बझाङको केदारस्युँ गाउँपालिका - ७ भामचौरमा पहिरोले दुईवटा घर भत्किएका छन् । मंगलबार राति देखिको अविरल वर्षको कारण घर पछाडिबाट आएको पहिरोले दुईवटा घर बस्न नमिल्ने गरी भत्किएका छन् ।
घर पछाडिबाट आएको पहिरोले सिङ्गो धामीको दुवै घर पूर्णरूपमा क्षति भएको माओवादी केन्द्रका नेतासमेत रहेका स्थानीय प्रेम बोहराले बताए । मंगलबारदेखि निरन्तर पानी परिरहेकोले घटनास्थलमा प्रहरी प्रशासन पुग्न नसकेको बताइएको छ ।
घर भत्किएपछि धामीको परिवार आफन्तको घरमा सहारा लिएर बसिरहेको बोहराले बताए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १४ : ४०
लेखकबाट थप