श्वेत गंगा हाइड्रो पावरको आईपिओ बिक्री खुल्यो

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, ०९ : ४७
श्वेत गंगा हाइड्रो पावरको आईपिओ बिक्री खुल्यो

काठमाडौँ । श्वेत गंगा हाइड्रो पावरले आजदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो।

कूल सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि साउन ८ गतेसम्मआवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस