किन जुट्न खोज्दै छन्, नेकपाकालीन बहुमत सदस्य ?

पत्रपत्रिकाबाट

बुधबार, ०४ साउन २०७९, ०८ : ३२
किन जुट्न खोज्दै छन्, नेकपाकालीन बहुमत सदस्य ?

काठमाडौं । आगामी निर्वाचनअघि नै नेपालका कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । यसका लागि शीर्षनेताबीच सामूहिक एवं ‘वान टु वान’ छलफल भइरहेको छ ।

राजधानीमा मंगलबार तीन कम्युनिस्टबीच पार्टी एकीकरण’ छलफल भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका शीर्षनेताबीच पार्टी एकीकरण छलफल भएको हो ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य वर्षमान पुन, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र अभियान संयोजक वामदेव गौतमलगायतबीच छलफल भएको छ ।

छलफलमा तत्कालीन नेकपा हुँदाका बहुमत सचिवालय सदस्य सहभागी छन् । उनीहरूबीच यसअघि पनि एकीकरण विषयमा छलफल भइसकेको छ । तत्कालीन नेकपा विभाजन भएर विभिन्न समूहमा कम्युनिस्ट पार्टी विभाजित भएपछि एकीकरणका लागि दबाब बढेको हो ।

हालै, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा आएका बेलासमेत कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि दबाब दिएका थिए । शीर्षनेतासँग भेटघाट गर्दै चिनियाँ नेताले पार्टी एकीकरणका लागि कडा दबाब दिएर स्वदेश फर्किएपछि नेपाल कम्युनिस्ट पार्टीका शीर्षनेताबीच छलफल सुरु भएको दाबी गरिएको छ ।

माओवादी केन्द्र अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाका बहुमत सदस्यबीच एकीकरणसहितका विषयमा छलफल भएको जानकारी दिए । छलफलपश्चात् सञ्चारकर्मीसँग गर्दै प्रचण्डले हालको सत्तारूढ पाँच दलीय गठबन्धन जोगाएर अगाडि बढ्ने र कम्युनिस्ट पार्टीबीच एकीकरण विषयमा साझा मत रहेको बताए ।

‘आज (मंगलबार) नेकपाकालीन सचिवालयका बहुमत सदस्यको बैठक बस्यो, यसअघि पहिलो बैठक असारमा भएको थियो, मुख्यतः सबै पार्टीले गठबन्धन गरेर जाने निर्णय गरेका छन् । गठबन्धन गरेर जाने नै भन्ने भएको छ,’ प्रचण्डले भने, ‘त्यस’ पनि चर्चा गरेका छौं । गठबन्धन कायमै राखेर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । तर, यसलाई अझै प्रभावकारी बनाउने भन्ने छ ।’

कम्युनिस्ट पार्टीबीच एकीकरण गर्ने विभिन्न विकल्प’समेत छलफल भएको उनले जानकारी दिए । प्रचण्डका अनुसार तत्कालीन नेकपाका बहुमत सदस्य सहभागी बैठकमा पार्टी एकीकरण’ समेत छलफल भएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस