काठमाडौं। लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् ।
मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् ।
‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने दुष्प्रयास भयो। यो एउटा विधि, पद्धति र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीका लागि स्वीकार्य हुन सक्ने विषय थिएन,’ विज्ञप्तिमा भनिएको छ।
उनीहरूले नेतृत्वलाई आफ्नो कार्यशैली सुधार गर्न दबाब दिँदै आएका थिए । खासगरी केही समययता उनीहरू राप्रपाले राजसंस्थाको एजेन्डा छाडेको असन्तुष्ट रहँदै आएका थिए । उनीहरूले देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज