काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान हुने दाबी गरेकी छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उनले यस्तो दाबी गरेकी हुन्। मन्त्री श्रेष्ठले सरकार मुक्त कमैया, हरुवा–चरुवालगायतलाई जमिनको मालिक बनाउने कार्यमा दत्तचित्त भएर लागेको बताइन्। उनले भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रुपमा कार्यक्रम सञ्चालन गरी ८ महिनाको समयावधिमा करिब ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको उल्लेख गरिन्।
मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधनस्रोतत, तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लागिपरेको बताइन्।
उनले सरकार विकास तथा सिमान्तकृत, पिछडिएको वर्गको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार गर्ने, विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरुप अघि बढिरहेको पनि स्पष्ट पारिन्।
उनले भनिन्, ‘मुक्त कमैया, हरुवा–चरुवालगायत जग्गाहीनलाई जमिनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेका छौँ। यसलाई उच्च प्राथमिकताका साथ अभियानको रुपमा कार्यक्रम सञ्चालन गरी ८ महिनाको समयावधिमा करिव ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेका छौँ। आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गर्ने लक्ष्य सरकारको छ।’
मन्त्री श्रेष्ठले राज्यको उद्देश्य नागरिकको जिउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोककल्याण्कारी राज्य स्थापना गर्ने रहेको पनि बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सरकार सक्रिय रहेको मन्त्री श्रेष्ठको दाबी
‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ
‘मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ’ : मन्त्री श्रेष्ठ