प्रदेश १ को नामकरणका लागि सभामुखले बोलाए बैठक

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १३ : २३
प्रदेश १ को नामकरणका लागि सभामुखले बोलाए बैठक

विराटनगर । प्रदेश -१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् ।

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको सचिव पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस