काठमाडौं । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा गरेको हो । युके महानगर कार्यालयले राजधानी लण्डन, म्यान्चेस्टर, योर्कलगायतका क्षेत्रमा सोमबार र मंगलबार तापक्रम ४१ डिग्रीमाथि पुग्ने भन्दै सर्वसाधारणका लागि सचेत रहन चेतावनी दिएकाे छ ।
अत्याधिक गर्मीका कारण ज्यानकै जोखिम बढ्न सक्ने भन्दै उक्त कार्यालयले आफ्नै दैनिकीमा परिवर्तन गर्न भनेको छ । केही विद्यालयहरू बन्द गरिएका छन् भने कतिपय अस्पतालहरूले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् । त्यस्तै रेल वे, शपिङमल र रेष्टुराँहरूमा भीड नगर्न भनिएको छ ।
सडकमा अलकत्र पग्लेकाले बालुवा छर्न थालिएको भएपनि चालकहरूलाई ध्यान पुर्याएर सवारी चलाउन सुझाव दिइएको छ । युके स्वास्थ्य सुरक्षा एजेन्सीले अत्यधिक तापक्रमका कारण बिरामी पर्ने र ज्यानै जाने खतरा रहेको भन्दै आफूलाई चुस्त र तन्दुरुस्त राख्न भनेको छ ।
प्रधानमन्त्रीको कार्यालयले उच्च तापक्रमका कारण जारी गरिएको राष्ट्रिय संकटलाई अन्य संकटकालकै रुपमा लागू गरिने बताएको छ । गत सातादेखि बढेको अत्याधिक तापक्रमले सिंगो युरोप अस्तव्यस्त भएको छ ।
जंगलहरूमा लागेको आगो निभाउन मुस्किल भइरहेको छ । साथै आगलागी बस्तीमा सल्किने भएकाले हजारौं मानिसलाई सुरक्षित स्थानतिर सार्ने क्रम समेत जारी रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ साउन २०७९, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित