काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक कुराकानी भएको बताएका छन्।
आइतबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताए।
अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहित भएको पनि बताए। उनले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई विस्तार गर्ने कुरामा सहमति भएको बताए।
उनले भने, ‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धिमूलक कुराकानी भइरहेको छ। संसारको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो। यहाँको अफिस म्यानेजमेण्ट कसरी चलेको छ? त्यहाँ व्यवस्थापन कस्तो छ भन्नेबारेमा बुझ्दा म उत्साहित भएको छु। दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ, भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु। कहिले बिजेपी र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ।’
अध्यक्ष दाहालले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध विस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी दाहाल आजै नेपाल फर्किँदैछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमति,१८ बुँदे सहमतिपत्रमा के छ ?
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”
बैठकमा आफ्नो कुरा राखेर उठेर हिँड्ने जनार्दनको शैली अराजक: प्रचण्ड
चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!
देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड
प्रचण्डसँग महराको गुनासै गुनासो