लम्जुङ। प्रहरीले चालू आर्थिक वर्षमा ६० फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरी प्रमुख लमजुङका डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला छन्।
उनका अनुसार पक्राउ परेका सबैबाट कुल ३९ वर्ष तीन महिना नाै दिन कैद र एक करोड ३६ लाख १८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने छ ।
लमजुङ प्रहरीका अनुसार गत आव ०७७-७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ फरार अभियुक्त पक्राउ परेका थिए । उनीहरूबाट तीन लाख ५३ हजार तीन सय ५० रुपैयाँ जरिवाना र १६ वर्ष ६ महिना तीन दिन कैद असुल गरेको थियो। पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरेर फरार प्रतिवादी पक्राउ गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
नक्कली नोटसहित २ जना पक्राउ
आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ
करिब ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ