मकासका उत्पादन लोकप्रिय छ : अध्यक्ष न्यौपान

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १४ : ३२
मकासका उत्पादन लोकप्रिय छ : अध्यक्ष न्यौपान

काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले नेपाली अटो मेकानिक्सहरुले गुणस्तरीय उत्पादनमा विश्वास गर्ने भएकाले मकासका उत्पादन लोकप्रिय रहेको बताए । कम्पनीले उपलब्ध गराउने विश्वसनिय सेवा र गुणस्तरीय उत्पादनका कारण भविष्यमा समेत यसको विश्वसनियता कायम रहने उनले विश्वास व्यक्त गरे ।

संघका निवर्तमान अध्यक्ष दीपक खड्काले गुणस्तरीय उत्पादन भन्दा स्किम बिक्री भइरहेको बजारमा मकासले फरक पहिचान कायम गरेको बताए । उनले कम्पनीप्रतिको विश्वास आगामी दिनमा समेत कायमै रहने अपेक्षा गरे ।

सो अवसरमा नेपालका लागि आधिकारिक वितरक जयश्री चण्डेश्वरी अटोमोबाइल्स प्रालिका सञ्चालक सुरोजन शाक्य र अन्यले अटो मेकानिक्सहरुलाई स्वागत गरेका थिए ।

सबै प्रकारका हेभी कमर्सियल भेइकल सम्म मकासको क्लच र अन्य कम्पोनेन्ट प्रयोग हुन्छ । नेपाली बजारमा समेत पहिले लोकप्रिय रहेको क्लच अटो सन् २०१८ मा बन्द भए पश्चात उही समूहले नै मकास अटोमोटिभ सञ्चालन गरिरहेको छ ।

कम्पनीले १६० डाया देखि ४३० डाया सम्म सम्पूर्ण रेन्जका क्लच उत्पादन गर्छ । भारतको चार स्थानमा यसको कारखाना छ । थ्री ह्विलर देखि फोर ह्विलर सबै गाडीमा यसको प्रयोग हुन्छ । टाटा मोटर्स, आइसर, अशोक लेल्यान्ड आदि गाडीमा यसको प्रयोग हुन्छ । क्लच प्लेट, कभर एसेम्बली, लिभर किट, प्रेसर प्लेट र क्लचसँग सम्बन्धित सबै कम्पोनेन्ट मकास अटोमोटिभले उत्पादन गर्छ ।
 

प्रतिक्रिया दिनुहोस