काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका छहरेमा गए राती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी २७ वर्षीय करण केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २७ वर्षका अनिस श्रेष्ठलाई उपचारको लागी काठमाडौँस्थित ग्राण्डी अस्पताल टोखा पठाइएको छ ।
काठमाडौँबाट छहरे तर्फ जाँदै गरेको ना ६२ प ९५२१ नम्बरको मोटरसाइकल गए राती पौने १ बजे अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १४ : २५
लेखकबाट थप