लेवान्डोस्की बार्सिलोना जाने निश्चित

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १२ : १८
लेवान्डोस्की बार्सिलोना जाने निश्चित

एजेन्सी । पोल्यान्डका फरवार्ड रोर्बेट लेवान्डोस्की बार्सिलोनामा आबद्ध भएका छन् । बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको हो ।

बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेको थियो । त्यसका बाबजुद टोली ४५ मिलियन युरोमा लेवान्डोस्कीलाई विक्री गर्न सहमत भएको छ ।

उनले बार्सिलोनामा ३ वर्षको सम्झौता गरेका छन् । अर्को एक वर्ष थप गर्न सकिने विकल्प पनि सम्झौता रहेको बताइएको छ । उनले बार्षिक झण्डै ९ मिलियन युरो प्राप्त गर्नेछन् । जुन उनले बायर्नबाट पाउँदै गरेको पारिश्रमिक बराबर हुन्छ । सन् २०१४ मा बार्यन पुगेयता ३३ वर्षे लेवान्डोस्कीले ३ सय ७४ खेलमा ३ सय ४४ गोल गरेका थिए । गत सिजन उनले ४६ खेलमा ५० गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस