बर्नार्डेची एमएलएस क्लब टोरन्टोमा अनुबन्ध

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, ११ : ४५
बर्नार्डेची एमएलएस क्लब टोरन्टोमा अनुबन्ध

काठमाडौं । इटालियन विंगर फेडेरिको बर्नार्डेची अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब टोरन्टो एफसीमा अनुबन्धित भएका छन् । टोरन्टोले बर्नार्डेचीलाई इटालियन क्लब युभेन्ट्सबाट फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । उनी र क्लबबीच चार वर्षको सम्झौता भएको हो । 

युभेन्ट्सका लागि १८३ खेलमा १२ गोल गरेका उनले इटालियन क्लबका लागि ६ उपाधि जिते । बर्नार्डेची सन् २०१७ मा अर्को इटालियन क्लब फियोरिन्टीनाबाट एलियन्ज स्टेडियम भित्रिएका थिए । उनले इटालीका लागि ३९ खेलमा ६ गोल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस