काठमाडौं । बंगलादेशी ब्याटर तमिम इकबालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप गरेपछि उनले आइतबार सामाजिक सञ्जालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।
वेस्ट इन्डिजविरुद्धको सिरिजमा उनी ‘प्लेयर अफ द सिरिज’ चुनिएका थिए । तमिमले एकदिवसीय टोलीको भने कप्तानी गर्नेछन् । उनले अब आफू एकदिवसीय र टेस्ट क्रिकेटमा केन्द्रित हुने बताएका छन् ।
तमिमले बंगलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २००७ मा केन्याविरुद्ध पहिलो तथा सन् २०२० मा जिम्बावेविरुद्ध अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । तमिमले बंगलादेशका लागि टी–२० अन्तर्राष्ट्रियमा एक शतक र सात अर्धशतकसहित २४.०८ को औसत तथा ११७.२ को स्ट्राइक रेटमा १७५८ रन बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ११ : ४१
लेखकबाट थप