काठमाडौं । नुवाकोटमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
ककनी गाँउपालिका १ महालक्ष्मीस्थानस्थित भित्री सडकखण्डमा गएराति टिपर दुर्घटना हुँदा त्यसमा सवार ककनी गाँउपालिका १ की अन्दाजी ३२ वर्षीया वसन्ती बलामीको मृत्यु भएको हो । बलामीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । घाइतेमध्ये टिपरमा सवार ककनी गाँउपालिका १ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ ।
महालक्ष्मीस्थाबाट तरकारी लिएर काठमाडौं आउदै गरेको बा ४ ख ३७२८ नम्बरको टिपर गएराति पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते