काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान प्रदेश १ लगातयत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
बाँकी भूभागमा आंशिक बदली रहेको छ। यस्तै प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यसैगरी दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरु र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यस्तै राति पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
कस्तो रहला आज देशभरको मौसम ?