काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो तेस्रो खेलमा आज नेपाल नामिबियासँग खेल्दैछ। नामिबियाले टस जितेर व्याटिङ रोजेपछि नेपाल बलिङ गर्दैछ।नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो।
नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा आलआउट भएको थियो।दोस्रो खेलमा भने नेपालले बलियो मानिएको स्कल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो। त्यसैले दोस्रो खेलमा निकोलको जितपछि नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ।
तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ। नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ। यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ९ खेलमा पराजय बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १५ : ५२
लेखकबाट थप