काठमाडाैँ । आगामी १६ अक्टोबरबाट अस्ट्रेलियामा शुरु हुने टी-२० विश्वकपमा स्थान बनाउने सबै १६ टोलीको तय भएको छ। आईसीसी टी-२० विश्वकपमा भाग लिने अन्तिम दुई टोलीको शुक्रबार २०२२ मा सहभागी हुने सबै टिमको टुंगो लागेको छ। जिम्बावेमा जारी विश्व छनोट समूह ‘बी’ बाट जिम्बावे र नेदरल्यान्ड्सले सेमिफाइनलमा स्थान बनाएसँगै विश्वकप छनोट हुने सबै टोलीको तय भएको हो।
शुक्रबार जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले पराजित गर्दै विश्वकपमा स्थान बनाउँदा नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले हराउँदै विश्वकपमा स्थान बनायो। प्रतियोगिता आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुनेछ। प्रतियोगितामा १६ टोलीबीच ४५ खेल हुनेछ।
नेपालले पनि गत वर्ष ओमानमा भएको छनोटमा भाग लिएको थियो तर सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १३ : ३९
लेखकबाट थप