काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय, एक प्रदेश सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन्।वीरगञ्जमा आज (शनिबार) पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी परित्याग गरेको जानकारी दिए।
पार्टीमा लामो समयदेखि आबद्ध रहेका केन्द्रीय सदस्यद्वय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद लगायतले जसपा परित्याग गरेका हुन्।
यस्तै, पार्टीका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादव, जिरा भवानी गाउँपालिका संयोजक रजबली यादव,ठाेरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिनले जसपा परित्याग गरेका छन्।
स्वेच्छा र एकलौटी तरिकाले पार्टी सञ्चालन भएको, देश र जनताको हितमा काम गर्न नसकेकोले पार्टी परित्याग गरेको केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादवले जानकारी दिए।पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हाबी हुँदै आएको, सीमित नातेदारको चंगुलमा डुब्दै गएको पनि उनले बताए।
पार्टी परित्याग गरेका ६९ जनामध्ये अधिकधम पर्सा क्षेत्र नमबर ४ का हुन्। सो क्षेत्रमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकाे घर छ।जसपाले संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भटराईसहित नौ जनालाइ हिजै पार्टीबाट पदमुक्त गरेको थियो। त्यसकाे भोलिपल्टै पर्साबाट ठूलो संख्यामा नेताहरूले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १२ : ५७
लेखकबाट थप