काठमाडौँ । बेलायतमा प्रधानमन्त्री पदको दाबेदारी दौडमा भारतीय मूलका पूर्व वित्त मन्त्री ऋषि सुनक दोस्रो चरणमा पनि सबैभन्दा अगाडि रहेका छन्। दोस्रो चरणको मतदानमा सुनकले १०१ सांसदको समर्थन हासिल गरेका छन्। उनले निकटतम प्रतिस्पर्धी पेनी मोरडुएंटभन्दा १८ मत बढी पाएका छन्।
बोरिस जोनसनले कन्जर्वेटिवको नेताबाट राजीनामा दिएपछि पार्टी नयाँ नेतृत्व चयन गरिरहेको छ जो देशका प्रधानमन्त्री बन्ने छन्। यसका लागि अब पाँच उम्मेदवार रेसमा रहेका छन् जसमा ऋषि सुनक सबैभन्दा अगाडि छन्। दोस्रो चरणको मतदानमा पेनी मोरडुएंटले ८३ मत पाउँदा लिज ट्रस ६४, केमी बाडेनोक ४९ र टम टुगेनडैटले ३२ मत पाएका थिए।
दोस्रो चरणको भोटिङमा एटर्नी जनरल सुएला ब्रेवरमैनले सबैभन्दा कम २७ मत पाए। त्यसपछि उनी यस दौडबाट बाहिरिएका छन्। अब आगामी सोमबार अर्को चरणको चुनाव हुने छ। यसअघि यी पाँच उम्मेदवारले शुक्रबार च्यानल-४ मा एक अन्तरक्रियामा हिस्सा लिने छन्।
सांसदको भोटिङमा अन्तिममा दुई दाबेदार चुनिने छ। यसपछि पार्टीका सदस्यले उनीहरुमध्ये एकलाई चुन्ने छन् जसको घोषणा पाँच सेप्टेम्बरमा हुनेछ। बोरिस जोनसन मन्त्रिमण्डलमा वित्त मन्त्री रहका ऋषि सुनकले सबैभन्दा पहिला राजीनामा दिने घोषणा गरेका थिए। त्यसपछि अन्य नेता र सांसदहरुले पनि राजीनामा दिएका थिए। अन्तत बोरिस जोनसन पार्टी नेताबाट हटेका थिए। नयाँ नेता चयन नहुँदा सम्म उनी बेलायतका प्रधानमन्त्री हुने छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १३ : ०४
लेखकबाट थप