सत्तारुढ गठबन्धन बैठक

संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न गठबन्धन सहमत

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १२ : ५५
संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न गठबन्धन सहमत

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप्ने सहमति जुटेको छ । 

आज बालुवाटारमा बसेको बैठकले दुई आयोगको म्याद थप्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए । यस्तै, बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ । 

संक्रमण न्यायसम्बन्धी संशोधित विधेयक मन्त्रिपरिषद्बाट पारित गरेपछि संसदमा पेश गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस