काठमाडौं । एन्जल्स हार्ट मावि-कलेजको संयुक्त आयोजनामा प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाएका छन् । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
सेमिफाइनलिस्ट र सहभागी टिमलाई पनि ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने एन्जल्स हार्ट एजुकेसन फाउन्डसेन प्रा.लि. का अध्यक्ष लिलबहादुर पुनले जानकारी गराए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ६ हजार रुपैयाँ खर्च हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स हार्ट स्कुल र एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा खेलाइने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १२ : ५७
लेखकबाट थप