काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सर्वोच्च अदालतमा आज जवाफी बहस हुँदैछ ।
शुक्रबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो । बहस सकिएपछि आजै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ । कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाई भइरहेको छ ।
केही हप्तादेखि आईजीपी नियुक्ति विरुद्धको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई जारी रहेको छ । आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा नगर्ने निर्णय गैरकानूनी भएको दावी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सरकारले धीरजप्रताव सिंहलाई प्रहरी महानिरीक्षक बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १२ : ४५
लेखकबाट थप