बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १२ : ४०
बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड

काठमाडौँ  । बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड पुगेको छ । प्रदेश सरकारको बितेको आर्थिक वर्ष सम्मको बेरुजु रकम २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रुपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । प्रदेश सरकारको बितेको आर्थिक वर्षमा मात्र एक अर्ब ९ करोड ४४ लाख १० हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

बितेको आर्थिक वर्षमा विभिन्न मन्त्रालय र मातहतका कार्यालयहरूमा बडी बेरुजु देखा परेको हो । धेरै बेरुजु रहेका मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको छ जसको ६८ करोड २१ लख ६६ हजार रहेको छ ।

 त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयको बेरुजु खर्च , सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मातहतका कार्यालयहरू रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस