प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, ११ : २१
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिहीबार मर्जरमा जाने सहमति भएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच प्रभुका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मीका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । 
मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्सका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मीका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ । कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस