कुवेत । कुवेतमा बाल्कोनीमा लुगा सुकाउनेलाई १०० देखि ५०० दिनार जरिवाना गरिने भएको छ । यहाँको नगरपालिका काउन्सिलले सार्वजनिक गरेको सरसफाइ र फोहोर ढुवानी सम्बन्धी कानुनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। जसमा सडकबाट देखिने गरी बाल्कोनीमा लुगा, गलैँचा झुन्ड्याएर राख्नेलाई जरिवानाको व्यवस्था गरिएको छ।
मस्यौदा ऐनको दफा चारले गलैँचा र फर्निचर सफा गर्न वा सडक र सार्वजनिक स्थानमा रहेको बाल्कोनीमा झुन्डाएर लुगा सुकाउन निषेध गरेको छ। प्रस्तावित नयाँ मस्यौदा कानुनको सातौँ अनुच्छेद अनुसार फुटपाथ, सडक, सार्वजनिक ठाउँ, पार्क, समुन्द्र किनार र राज्यको स्वामित्वमा रहेको जग्गामा निषेध गरिएको छ।
यस्तै, सडकमा बेवास्ता गरी राखिएका क्षतिग्रस्त सवारीसाधन, डुङ्गा र मोटरहोमहरू सडक, फुटपाथ र सार्वजनिक स्थानहरूमा छोड्न निषेध गरिएको छ। यदि त्यस्तो गरेको भेटिएमा मालिकहरूलाई ४८ घण्टाभित्र आफ्ना सवारीहरू हटाउन चेतावनी दिने, नहटाए सवारी साधन जफ्त गर्ने अधिकार नगरपालिकालाई दिएको र जफत गरेको मितिले तीन महिना बितिसक्दा कसैले दाबी नगरे उल्लङ्घन खर्च तिर्ने गरी बिक्री गरिने जनाएको छ ।
यो मस्यौदासँगै अब कुवेतमा कार्यरत नेपाली कामदारहरुले पनि सचेतता अपनाउनु पर्ने देखिएको छ । त्यहाँ कार्यरत नेपालीहरु कति पयको बस्ने ठाउँ क्याम्प सडक नजिकै भए र बल्कोनीमा लुगा लगायत अन्य सामान झुन्ड्याएर राखिएको भेटिए जरिवाना तिर्नुपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३१ असार २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य विभागले गर्यो तीन होटललाई जरिवाना
काठमाडौँका यी दुई रेस्टुरेन्टलाई जनही ५० हजार जरिवाना
काठमाडौँका यी पाँच फर्मलाई जरिवाना
अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना
डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर
ट्रोल गर्नेलाई पाँच लाख जरिवाना गर्ने गरी सरकारले ल्यायो विधेयक