कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०८२, ०७ : १३
कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं । कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ । 

स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ महानगरपालिका सिनामङ्गलमा रहेको जमकट्टेल फर्मालाई दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

त्यसैगरी, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई २० हजार जरिवाना गरेको छ । ती दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुरमा कारबाही गरिएको हो ।
 
यस्तै, विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस