काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन्।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको उनको भनाइ छ।
उनले ट्विटरमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा ९शालिक० निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’
काठमाडौँ महानगरपालिकाले यम बुद्धको शालिक बनाउने निर्णय गरेपछि मेयर बालेनको चौतर्फी आलोचना भएको थियो। आलोचनापश्चात् उनले आफ्नो तलबबाट शालिक बनाउने बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल