‘रिया चक्रवर्तीले सुशान्त सिंहलाई ड्रग्स दिन्थिन्’

एजेन्सी

विहीबार, ३० असार २०७९, १० : ३०
‘रिया चक्रवर्तीले सुशान्त सिंहलाई ड्रग्स दिन्थिन्’

एजेन्सी । भारतिय अभिनेता सुशान्त सिंह राजपुतलाई प्रेमिका रिया चक्रवर्तीले लागुऔषध दिने गरेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)ले लागुऔषध दिने गरेको आरोप लगाएको छ। एनसिबीले बुधवार सुशान्त सिंह राजपूत मुद्दामा आरोपपत्र दायर गर्दै रिया चक्रवर्तीविरुद्ध यस्तो आरोप लगाएको हो।

द हिन्दु अखबारअनुसार आरोपपत्रमा एनसिबीले रिया चक्रवर्तीले सुशान्तका लागि ड्रग्स रिसिभ गर्ने र दिने गरेको आरोप लगाएको छ। ४ जुन २०२० मा सुशान्त सिंह राजपूत आफ्नो बान्द्रा अपार्टमेन्टमा मृतअवस्थामा फेला परेका थिए । मुम्बई प्रहरीका प्रवक्ता प्रणय अशोकले उनको मृत्युलाई आत्महत्याको संज्ञा दिँदै भनेका थिए, ‘यो आत्महत्याको घटना हो। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ, तर अहिलेसम्म कुनै सुसाइड नोट फेला परेको छैन।’

रिया चक्रवर्तीलाई ८ सेप्टेम्बर २०२० मा पक्राउ गरिएको थियो। तर, पछि ७ अक्टोबर २०२० मा बम्बई उच्च अदालतले उनलाई जमानत दिएको थियो। एनसिबीले बुधबार पेस गरेको मस्यौदामा रियाले उनका भाइ शौविकलगायत अन्यबाट गाँजाको डेलिभरी लिएको आरोप लगाएको छ। मस्यौदामा यो पनि आरोप छ कि रियाले मार्च २०२० देखि सेप्टेम्बर २०२० सम्म गाँजाको यी डेलिभरीका लागि पनि पैसा तिरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस