थप २०६ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १६ : ४३
थप २०६ जनामा कोरोना पुष्टि

काठमाडाैँ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

बुधबार ४५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ५ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा २ हजार ८२ पीसीआर तथा १ हजार ९३ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस