काठमाडाैँ । काठमाडौँको भृकुटीमण्डपस्थित एक गोदाममा आगलागी भएको छ।भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार हाल आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगो नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगिसकेको उनले बताए। करिब ३ बजेबाट आगोलागी सुरु भएको बताइएको छ।प्रहरी, नेपाली सेनाको टोली, स्थानीयलगायत जुटेर आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १५ : ४२
लेखकबाट थप