काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका विद्यार्थीले मंगलबारदेखि त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन्। त्रिविमा विकृति र विसंगति बढेको भन्दै १३ बुँदे मागसहित उनीहरू आमरण अनशन बसेका हुन्।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले १३ बुँदा माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन्। उनीहरूले त्रिविका दोषी पदाधिकारीहरूको राजीनामा माग समेत मागेका छन्। त्रिविले फेरि परीक्षामा प्रश्नपत्र हुबहु सोधेपछि चौतर्फी विरोध भइरहेको छ।
त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौँ सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन बिहेवियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १५ : ३८
लेखकबाट थप