खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी : घनश्याम भुसाल

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १४ : २२
खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी : घनश्याम भुसाल

काठमाडाैँ । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको अर्थ विभागमा परेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन्। गभर्नर अधिकारी एमालेको अर्थ विभागमा समावेश भएको भन्ने विषयमा सडकदेखि सदनसम्म कुरा उठेपछि उनले एम अधिकारी भनेको गभर्नर नभएको बताएका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘म प्रमुख रहेको नेकपा (एमाले) अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ।  प्रथमतः, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको’ स्पष्ट पारिसक्नु भएको छ।’

उनले आफ्नो पार्टी कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको स्पष्ट पारेका छन्। 

प्रतिक्रिया दिनुहोस