पशुपति क्षेत्रमा बिहान ब्याटमिन्टनसहितका खेलमा रोक

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १३ : ३९
पशुपति क्षेत्रमा बिहान ब्याटमिन्टनसहितका खेलमा रोक

काठमाडाैँ । पशुपति क्षेत्रमा मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न क्रयाकलाप भएको भन्दै त्यसमाथि रोक लगाइएको छ। पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै बिहानको समयमा श्लेष्मान्तक वन, भण्डारखाल र मृगस्थलीमा मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न किसिमका गतिविधिहरु भएकोले साउन १ गते देखि रोक लागाउने निर्णय भएको जनाएको छ। 

कोषले बिहान ब्याटमिन्टन, फुटबल, भलिवल खेल्ने, चर्को संगित/साउण्ड सहित जुम्बा डान्स गर्ने, साइकिलिङ तथा योगका नाममा अप्राकृतिक विविध किसिमका क्रियाकलाप गर्न रोक लगाएको हो।

यस्ता क्रियाकलापले यस क्षेत्रमा रहेका मृग, बाँदर तथा अन्य पशुपंक्षिहरुको दैनिक जीवन प्रकृयामा अवरोध तथा यस क्षेत्रमा साधु सन्तहरुको ध्यान एवं पूजामा समेत अवरोध भएको सूचनामा जनाइएको छ।  यस्ता क्रियाकलाप गर्नेमाथि साउन १ गतेबाट कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस