प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि सारियो

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १२ : ०३
प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि सारियो

काठमाडाैँ । सुदूरपश्चिमको प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि सारिएको छ। यसअघि बैठक बुधबार बिहान ११ बजे बस्नेगरि बोलाइएको थियो। प्रदेश सभामा बजेटमाथिको छलफल गर्नुपर्ने भएपनि प्रतिपक्षी दलको अवरोधका कारण बैठक प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। प्रमुख प्रतिपक्ष नेकपा एमालेले बजेट संशोधन गर्नुपर्ने माग गर्दै आएको छ।

बिहान सरकारले प्रतिपक्ष दलसँग छलफल समेत गरेको छ। छलफलमा उनीहरूले सरकारसँग १४ बुँदे माग राखेका छन्। ती मागका विषयमा अहिले १२ बजे लिखित सहमति हुने बताइएको छ।अहिले प्रतिपक्ष दलका नेताहरू बैठकबाट निस्किएका छन् भने मुख्यमन्त्री त्रिलोचन भट्टले अन्य मन्त्रीसँग छलफल गरिरहेका छन्। 

सरकारसँगको छलफलमा एमाले संसदीय दलका नेता प्रकाश रावल, प्रमुख सचेतक लिलाधर भट्ट, कार्यव्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी, प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्णकुमार चौधरी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस