काठमाडाैँ।गोर्खाको गोर्खा नगरपालिका-५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्।गोर्खा नगरपालिका-५ पश्लाङका अन्दाजी २७ वर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार गोर्खा-७ सतिपिपलका २९ वर्षीय सुरज गुरुङ र सोही स्थानका १३ वर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था भने मध्यम रहेको छ।
तीन जना सवार बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, ११ : १५
लेखकबाट थप