ढुङ्गा सहितको पहिरो झरेपछि बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १० : ०७
ढुङ्गा सहितको पहिरो झरेपछि बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । बुटवल पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा नजिकै ढुङ्गा सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको छ।

पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बिहान ढुङ्गा सहितको सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले  सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने तथा उताबाट बुटवल आउने सवारी साधन बाटोमै रोकिएको  जनाएको छ ।

सडक सूचारु गर्नका लागि पहिरो हटाउने  गर्ने प्रयास भैरहेको छ । यो सडकमा वर्खामा पानी पर्दा बेला बेलामा पहिरोले दुस्ख दिने गरेको छ । आज भने सुक्खा पहिरो गएको हो।

प्रतिक्रिया दिनुहोस