काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा लागुऔषधसहित सोमबार बेलुका प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो काँँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मेचीनगर–१० का ३१ वर्षीय प्रदीप आलेमगर र मेचीनगर–८ का २० वर्षीय प्रशन्न राजवंशीको साथबाट लागुऔषध बरामद गरिएको प्रवक्ता पाठकले जानकारी दिए ।
प्रहरीले शङ्का लागेर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ १३ ग्राम, मोबाइल दुई थान र नगद रु तीन हजार बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ