मेची पुलबाट लागुऔषधसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, ०७ : ४५
मेची पुलबाट लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा लागुऔषधसहित सोमबार बेलुका प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मेचीनगर–१० का ३१ वर्षीय प्रदीप आलेमगर र मेचीनगर–८ का २० वर्षीय प्रशन्न राजवंशीको साथबाट लागुऔषध बरामद गरिएको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रहरीले शङ्का लागेर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ १३  ग्राम, मोबाइल दुई थान र नगद रु तीन हजार बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।