सामूहिक बलात्कार आरोपित तीन युवकलाई पुर्पक्षका लागि थुनामा

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, २० : १३
सामूहिक बलात्कार आरोपित तीन युवकलाई पुर्पक्षका लागि थुनामा

काठमाडौँ । एक युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन युवकलाई काठमाडौँ जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ। त्यस्तै, आरोपीलाई सघाउने होटल सञ्चालकलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

गत जेठ २९ गते राति २ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको थियो। त्यस घटनामा प्रहरीले संलग्न तीन जना र होटलका सञ्चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

बलात्कार आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही घर भई बौद्ध बस्ने ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस