सार्वजनिक यातायातको भाडादर बढ्यो (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १९ : ४७
सार्वजनिक यातायातको भाडादर बढ्यो (सूचीसहित)

काठमाडौं । सार्वजनिक यातायातको भाडादर बढेको छ ।

सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजक गरिएको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारीमा १.७९ प्रतिशतले भाडा वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस