काठमाडौं । राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सनातन धर्म संस्कृति महासंघको आयोजनामा असार २६ गते सुरु भएको सम्मेलन २७ गते सम्पन्न भएको हो ।
विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको सम्मेलनले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने कार्यमा मन वचन र कर्मले प्रतिवद्ध रहने १० बुँदे संकल्प गरेको छ ।
सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दुराष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १५ : ४१
लेखकबाट थप