बागमती प्रदेशभरका युवाको गोष्ठी मकवानपुरमा

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १५ : ३१
बागमती प्रदेशभरका युवाको गोष्ठी मकवानपुरमा

काठमाडाैँ । मकवानपुरको इन्द्रसरोवरमा बागमती प्रदेशभरका युवाहरूको गोष्ठी भइरहेको छ । प्रदेशमा अब हुने युवा नीतिका विषयलाई अन्तिम रूप दिनका लागि  युवाहरूको भेला आयोजना गरिएको हो । प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजनामा कार्यक्रम भएको हो । प्रदेशको युवा सम्बन्धी नीति निर्माण गर्दै कुलेखानीमा आयोजित दुई दिने गोष्ठी आज सकिँदै छ । 

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता तथा प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला युवा समितिका १३ जिल्लाका अध्यक्षहरू, पार्टीका जनवर्गीय संगठनका केन्द्रका अध्यक्षहरू लगायतको सहभागितामा युवा नीति बनाउन लागिएको हो ।

आइतबारदेखि सञ्चालन भएको कार्यक्रम सोमबार सम्पन्न हुने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए । 

प्रतिक्रिया दिनुहोस